सिद्धार्थ बैंकद्वारा पर्वतारोहण संघलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 11:03:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्घार्थ बैंक Siddhartha Bank Limited  ले नेपाल पर्वतारोहण संघलाई आर्थिक सहयोग गरेको छ । बैंकले काठमाडौंको नक्सालस्थित सो संघलाई बिहीबार आर्थिक सहयोग गरेको हो । 

बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत एक लाख रुपैयाँ सहयोग गरेको हो । बैंकका नायव प्रबन्धक-भ्याली रिर्सोसेस अपर्ण गिरीले सो रकम संघका प्रमुख कार्यकारी अधिकृत कुल प्रसाद राईलाई हस्तान्तरण गरेका हुन् । उक्त रकम संघले नेपाल पर्वतीय पर्यटन प्रवद्घनको कार्य क्षेत्रमा खटिदा दुर्घटनामा परी निधन भएको आरोहीका बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्नकालागि उपयोग गर्ने जनाएको छ ।

विगत् ४७ वर्ष देखि नेपालको पर्वतीय पर्यटन क्षेत्र विकासको सहयोग गर्ने कार्य गर्दै आइरहेको उक्त संघले सो रकमबाट निधन भएका पर्वत आरोहीका २० जना बालबालिकाहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved