ग्लोबल आइएमई बैंकले उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 11:22:12 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले पश्चिम रुकुमका दुई नगरपालिकाका उद्यम गर्न चाहाने युवालाई सहुलियतपुर्ण कर्जा दिने भएको छ । बैंकले मुसिकोट र आठबिसकोट नगरपालिकाका युवालाई १० लाख रुपैयाँसम्म कर्जा दिने सम्झौतामा भएको हो । 

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र मुसिकोटका मेयर देविलाल गौतम र आठबिसकोटका मेयर गोरख बहादुर केसीले छुट्टा छुट्टै रुपमा सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार नगरपालिकाले उद्यम व्यवसाय गर्न इच्छुक समुहलाई परामर्श तथा उधमशीलता सम्बन्धी तालिम दिनेछ । तालिम पाएका किसान वा व्यवसायीको समुह बनाएर कर्जाका लागि बैंकमा नगरपालिकाले नै सिफारिस गर्नेछ । यसरी सिफारिसमा परेका समुहलाई बैंकले १० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा दिने सम्झौतामा उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved