सनराइज बैंकले उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 03:15:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited ले रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंक र गाउँपालकाबीच भएको सम्झौता अनुसार त्याहाँका उद्यमीले यस्तो कर्जा पाउने भएका हुन् ।

सम्झौतामा रुकुम (पश्चिम)का सांसद जनार्दन शर्मा, बैंक सचालक समितीका अध्यक्ष मोतीलाल दुगड तथा प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालको पस्थितीमा भएको हो । सम्झौता अनुसार गाउँपलिकाको सिफारीस गरिएका संभाब्य इच्छुक कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ । 

सिफारिस गरिएका सम्पूर्ण योग्य इच्छुक कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई आवश्यक सल्लाह उपलब्ध गराउने र ब्याज अनुदान कर्जा लगानी गर्ने सम्बन्धमा दुवै पक्ष सहमत भएका छन् । समझदारीमा बैंकका अख्तियार प्राप्त विपन्न वर्ग तथा कृषि कर्जा विभागका प्रमूख दिपक पण्डित तथा गाउँपालिकाका अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका हुन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved