सितापाइलामा सनराइज बैंकको शाखा स्थानान्तरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 04, 2017 | 09:42:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक लिमिटेडले काठमाडौंको सितापाइला चोकमा आफ्नो शाखा स्थानान्तरण गरेको छ । उक्त स्थानान्तरित शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले गरेका छन् । 

नारायणी नेशनल फाइनान्स प्राप्ती गर्दा शंखमुलमा दोहोरिएको शाखाको कारोबार एउटा शाखामा एकीकृत गरी अर्का शाखालाई सितापाइलामा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । यस शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ । 

हाल बैंकले ६८ वटा शाखा र ७६ वटा एटिएमद्वारा ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन. काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १३ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved