जनता र त्रिबेणी बैंकको एकीकृत कारोबार चैत २५ मा, कहिले खुल्छ सेयर कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 06, 2017 | 12:46:36 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक र त्रिबेणी बिकास बैंक एक आपसमा गाभिएर बनेको जनता बैंकले चैत २५ गते शुक्रबार एकीकृत कारोबार गर्ने भएको छ। मर्जर प्रयोजनका लागि चैत २४ अर्थात आज जनता बैंक नेपाल र त्रिबेणी बिकास बैंकको सम्पूर्ण शाखा तथा कार्यालय बन्द रहने बैंकले जनाएको छ। 

बैंकले मर्जरका लागि राष्ट्र बैंकबाट चैत ६ गते अन्तिम स्वीकृती पाएको हो। त्यस्तै कम्पनी रजिष्ट्रारको कार्यलयबाट चैत १३ गते दुवै बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त भएको हो। 

त्यस्तै नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार नै एकीकृत कारोबार गरेको दुई साता भित्र नै सेयर कारोबार खुला गर्ने गरि तयारी गरिएको बैंकले जनाएको छ। 

मर्जरपछि दुवै संस्थाले जनता बैंकको नामबाट एकीकृत कारोबार गर्ने भएका छन्। मर्जर पश्चात बन्ने जनता बैंक नेपालको केन्द्रीय कार्यालय साबिकको त्रिबेणी बिकास बैंकको केन्द्रीय कार्यलय रहेको थापाथली स्थित सेन्ट्रल बिजनेश पार्कमा रहने भएको छ। 

त्यस्तै मर्जर पश्चात बन्ने जनता बैंकको चुक्ता पुंजी ४ अर्ब ७२ करोड पुग्ने छ। मर्जरपश्चात बैंकले ६० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको छ। ६० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ७ अर्ब ५५ करोड पुग्ने छ। यद्दपी मर्जरपश्चात बन्ने जनता बैंकले सिद्दार्थ डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने भएको छ। सिद्दार्थ विकास बैंकलाई एक्वायर गरे पश्चात हकप्रद बिना नै चुक्ता पुंजी ८ अर्ब पुग्ने भएकाले बैंकले  ६० प्रतिशत हकप्रद बिक्रि गर्ने सम्भावना अत्यन्त न्यून रहेको छ।   

व्यवसाय विस्तारका हिसाबले दुवै बैंक मर्ज भएपश्चात शाखा तथा सिमित बैंकिड्ड इकाई र एक्स्टेन्सन काउण्टर गरी कुल ७१ स्थानमा बैंक सञ्चालनमा रहने छ भने कुल निक्षेप ३७०० करोड भन्दा माथि र कुल कर्जा रु. ३३०० करोड भन्दा माथि हुनेछ । मर्जर पश्चात यसै आर्थिक बर्षको अन्तसम्ममा बैंकको खुद मुनाफा ७५ करोड हुने विश्वास गरिएको छ ।

यो पनि: 

जनता बैंक र त्रिबेणी विकास बैंक एकआपसमा गाभिने, कति तोकियो स्वाप रेसियो ? 

मर्जर प्रक्रियामा रहेको जनता बैंकको यस्तो प्रगतिलाई कसरि बुझ्ने ? 

जनतामा त्रिबेणीको साथसाथै सिद्दार्थ डेभलपमेन्ट पनि गाभिने, कति तोकियो स्वाप रेसियो ?  

जनतामा सिद्दार्थ मिसिएपछी के होला ६० प्रतिशत हकप्रद ? 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved