एनआइसी एसिया बैंकले गर्यो एकै दिन ५ स्थानमा शाखा विस्तार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 07, 2017 | 08:58:34 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले एकै पटक ५ स्थानमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ। देशको ग्रामिण क्षेत्रमा समेत वित्तीय पहुँच पुर्याउने उदेश्य बैंकले चैत २५ गते मात्रै ५ स्थानमा नयाँ शाखा संचालनमा ल्याएको जनाएको छ। 

८१ औ तथा ८९ औ शाखा कार्यालयको रुपमा क्रमश: बर्दघाट तथा तानसेमा संचालनमा आएको शाखा कार्यालयको बैंकका संचालक राजेन्द्र प्रसाद आर्याल र बिनोद कुमार प्याकुरेलले संयुक्त रुपमा उद्घाटन गरे ।

त्यस्तै लम्की स्थित ८४ औ तथा टिकापुर स्थित ८९ औ शाखा कार्यालयको हिम रावल तथा उद्योग वणिज्य संघका केन्द्रिय सदस्य गोपाल हमालले संयुक्त रुपमा उद्घाटन गरे। त्यस्तै हिले स्थित ८६ औं शाखाको उद्घाटन धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले गरे। 

हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले जनाएका छन।

बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर वितरण गरेको छ । त्यस्तै बैंकको गत असोज १८ मा बसेको बार्षिक साधारणसभाले १५ प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो। 

१५ प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ६ अर्ब ६९ करोड रुपैयाँ पुग्ने छ। बैंकले २०७४ असार मसान्तसम्म चुक्ता पुंजी ८ अर्ब पुर्याउन २० प्रतिशत हाराहारी बोनस सेयर वितरण गर्नु पर्ने छ।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved