एभरेष्ट बैंकद्वारा बुद्धको जीवनी दर्शाउने २०७४ सालको क्यालेण्डर विमोचन 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 07, 2017 | 09:06:27 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले नव वर्ष २०७४ सालको क्यालेण्डर बिमोचन गरेको छ । बैंकको प्रधान कार्यालयमा भएको एक औपचारीक कार्यक्रममा बैंकका अध्यक्ष बि.के श्रेष्ठ र पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक डा. राम. एस. साङ्गापुरेले सयुक्त रुपमा नयाँ सालको क्यालेण्डरको बिमोचन गरेका हुन् ।

बैंकले निरन्तर रुपमा बिभिन्न सांस्कृतिक तथा पर्यटकिय महत्व झल्कने खालका बिषयबस्तु समेटेर आफ्नो क्यालेण्डर बनाउदै आएकोमा यस पटक बौद्ध धर्ममा आधारित एउटा विशिष्ट कला थाङ्कालाई आफ्नो बिषयबस्तु बनाएको छ जसले बुद्धको जीवनको बारेमा दर्शाउँछ ।

२०७४ सालको क्यालेण्डर बिमोचन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, संचालकहरु तथा उच्च पदस्थ कर्मचारीहरुको पनि उपस्थिति थियो।     

एभरेष्ट बैंकले हाल आफ्ना ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८८ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved