थाङ्कालाई बिषयबस्तु बनाईएको एभरेस्ट बैंकको नव बर्षको क्यालेण्डर बिमोचन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 09, 2017 | 04:42:36 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेस्ट बैंकले २०७४ सालको क्यालेण्डर बिमोचन गरेको छ  । बैंकको प्रधान कार्यालयमा भएको एक औपचारीक कार्यक्रममा  बि.के श्रेष्ठ (अध्यक्ष, एभरेष्ट बैंक लि.) र डा. राम. एस. सा¨ापुरे (कार्यकारी निर्देशक, पन्जाब नेशनल बंैक) ले सयुक्त रुपमा एभरेष्ट बैंकद्वारा प्रकाशित नव वर्ष २०७४ सालको क्यालेण्डरको बिमोचन गरेका हुन्।  


एभरेष्ट बैंकले निरन्तर रुपमा बिभिन्न सांस्कृतिक तथा पर्यटकिय महत्व झल्कने खालका बिषयबस्तु समेटेर आफ्नो क्यालेण्डर बनाउदै आएकोमा यस पटक बौद्ध धर्ममा आधारित एउटा विशिष्ट कला थाङ्कालाई आफ्नो बिषयबस्तु बनाएको छ जसले बुद्धको जीवनको बारेमा दर्शाउँछ ।

एभरेष्ट बैंकले हाल आफ्ना ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८८ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved