सरलीकृत लघुकर्जा सेवा प्रदान गर्नको लागि यूकेएड, सक्षम र माछापुच्छ्रे बैंकबीच साझेदारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 10, 2017 | 02:57:37 PM मा प्रकाशित

laxmi  sunrise bank

 सरलीकृत लघुकर्जा सेवा प्रदान गर्नको लागि यूकेएड, सक्षम र माछापुच्छ्रे बैंकबीच साझेदारी  साझेदारी भएको छ  । आज एक औपचारिक कार्यक्रममाझ माछापुच्छ्रे बैंक लिमिटेड र यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमबीच एक साझेदारीमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार नेपाल भरका चौध वटा जिल्लामा रहेका सेवाबाट वञ्चित जनसंख्यालाई सरलीकृत लघुवित्त सेवाहरू प्रदान गर्न को लागि काम गरिनेछ । उक्त हस्ताक्षर कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत   निरज कुमार श्रेष्ठ र सक्षमका टोलीप्रमुख   बलजित भोहरा लगायतका दुवै संस्थाका विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

‘सरलीकृत लघुवित्त सेवा’ परियोजनाले मध्य र सुदूर पश्चिमाञ्चलविकास क्षेत्रकाबाँके, दाङ, कैलाली, कञ्चनपुर, रूपन्देही र सुर्खेत जिल्ला र मध्यमाञ्चल विकास क्षेत्रको धादिङ जिल्ला गरी सातजिल्लामा २० वटा शाखारहित बैंकिङ सेवाविन्दुहरू स्थापना गर्ने लक्ष्यलिएको छ ।

परियोजनको सम्भावित प्रभाव माथि प्रकाश पार्दै, माछापुच्छ्रे  बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  निरज कुमार श्रेष्ठले भने, “परियोजनाको ३ वर्षे समयावधिमा माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शाखा रहित बैंकिङ सेवा विन्दुहरू र समर्पित सम्बन्ध प्रबन्ध (रिलेशनशिपम्यानेजर) मार्फतबाट ९,००० भन्दा बढी हितग्राहीहरूलाई सेवा पु¥याउने लक्ष्य लिएको छ । यसको अतिरिक्त, हाम्रो वित्तीय साक्षरता अभियानको माध्यमबाट १३,००० हितग्राहीसम्म पुग्ने लक्ष्यलिएका छौं ।”

त्यसैगरी, सक्षमका टोलीप्रमुख  बलजित भोहराले भने, “दुर्गम ग्रामीण क्षेत्रहरूमाऔपचारिक वित्तीय संस्थाहरूको अभावले गर्दा स्थानीयव्यक्तिहरू स्थानीय ऋणदाताहरूअत्यन्तउच्चदरमा ऋण लिनबाध्यभएका छन् र उक्त ऋणदाताहरूले ऋण तिर्न नसक्दा ऋण लिने व्यक्तिहरूको शोषण गर्दै आएको पाइन्छ । तसर्थ, हामीलाई विश्वास छ किहाम्रो यस साझेदारीले यस्ता समस्याहरूको सम्बोधनगर्नेछ र देशमा सेवाबाट वञ्चित रहेका जनसंख्यालाई सेवाप्रदानगर्नेछ ताकिउनीहरूले समृद्ध र सम्मानितजीवनजीउन सकून ।”

सम्बन्ध प्रबन्धकहरूको महत्वमाजोड दिँदै   भोहराले भने, “ लघुवित्त सेवाविस्तारको लागि समर्पित सम्बन्धप्रबन्धकहरू परिचालन गरेपश्चातहामीले निर्धारण गरेकालक्ष्यहरू छिट्टै नै प्राप्तहुनेछन् भन्ने विश्वास हामीले लिएका छौं ।”

माछापुच्छ्रे बैंक लिमिटेड पश्चिमाञ्चल विकास क्षेत्रबाट पहिलो क्षेत्रीय वाणिज्य बैंकको रूपमा सन् १९९८ मा स्थापनाभएको थियो । बैंकले आफ्ना ग्राहकका आवश्यकताहरूलाई उत्कृष्ट सेवा र नवीनतम प्रविधि तथा अन्तर्राष्ट्रिय अभ्यासहरूको अवलम्बन मार्फत करीब ४ लाख पचास हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सक्षम यूके एडको वित्तीय सहयोग प्राप्त एक्सेस टु फाइनान्स कार्यक्रम हो । यसलाई नेपालमा डिफिड नेपालका लागि लुइस बर्जरले विभिन्न स्थानीयतथाअन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा कार्यान्वयनगर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved