एनआइसी एसिया बैंकले गर्यो एकै दिन २ स्थानमा शाखा विस्तार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 11, 2017 | 06:26:36 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले एकै पटक २ स्थानमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ। देशको ग्रामिण क्षेत्रमा समेत वित्तीय पहुँच पुर्याउने उदेश्य बैंकले झापाको बुधबारे र सुनसरीको झुम्कामा शाखा बिस्तार गरेको जनाएको छ। 

झापाको बुधबारेमा ८३ औ शाखा कार्यालयको रुपमा संचालनमा ल्याएको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल एवं बुधबारे उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्द प्रसाद पौडेलले संयुक्त रुपमा गरेका हुन ।   

त्यस्तै ८७ औ शाखा कार्यालयको रुपमा संचालनमा ल्याइएको सुनसरीको झुम्काको शाखाको उद्घाटन बैंकका सीईओ क्ष्मण रिसाल एवं झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष सगेन चौधरीले संयुक्त रुपमा गरे ।   

हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले जनाएका छन। 

बैंकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर वितरण गरेको छ । त्यस्तै बैंकको गत असोज १८ मा बसेको बार्षिक साधारणसभाले १५ प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो। १५ प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ६ अर्ब ६९ करोड रुपैयाँ पुग्ने छ। बैंकले २०७४ असार मसान्तसम्म चुक्ता पुंजी ८ अर्ब पुर्याउन २० प्रतिशत हाराहारी बोनस सेयर वितरण गर्नु पर्ने छ।     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved