माछापुच्छ्रे बैंकको धनगढी शाखा धनगढी मेनरोडमा स्थानान्तरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 13, 2017 | 09:49:16 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले धनगढी शाखालाई धनगढी मेनरोडमा स्थानान्तरण गरेको छ। उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोले गरे।


चैत ३० देखि संचालनमा आएको उक्त शाखा कार्यालयबाट ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पूर्ण  बैकिङ्ग सुविधा उपलब्ध गराउने जनाएको छ। साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुविधा समेत उपलब्ध गराएको बैंकले बताएको छ ।

हाल ६ अर्ब ५९ करोड ८७ लाख रुपैया चुक्ता पुंजी रहेको बैंकले २०७३ पुष मसान्तसम्म ५८ अर्ब २४ करोड निक्षेप संकलन गरि ५१ अर्ब ८५ करोड कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकले ८४ करोड ९१ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ। 

बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उदेश्यले पुर्वमा बिर्तामोड देखि पश्चिममा धनगढी साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना शाखाहरु स्थापना गरी ग्राहक सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्दै आएको छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved