स्वदेशमै उद्यमी बन्न चाहने युवालाई महालक्ष्मी बिकास बैंकको ९ लाखसम्मको कर्जा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 16, 2017 | 08:38:35 AM मा प्रकाशित

laxmi  sunrise bank

 महालक्ष्मी विकास बैंकले स्वदेश मै उद्योग व्यवसाय गर्न चाहने युवाहरुलाई लक्षित गरि ९ लाख रुपैयाँसम्म कर्जा प्रदान गर्ने भएको छ। नयाँ बर्षको अवसर पारि ‘उद्यम गरौं उद्यमी बनौं, विदेश होइन स्वदेश रोजौ' भन्ने नाराका साथ न्यून व्याजदरमा ल्याईएको यस ‘महालक्ष्मी उद्यमशील कर्जा’ योजना आजदेखि लागु हुने जनाइएको बैंकले जनाएको छ।

 यस योजना अन्तर्गत बैंकले देश भित्रै उद्योग, व्यवसाय एवम् कृषि पेशा संचालन गर्न चाहने युवालाई वार्षिक १३ प्रतिशतको व्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ।

 

बैंकले  न्युनतम १ लाख देखि अधिकतम ९ लाख रुपैयाँसम्मको कर्जा प्रवाह उपलब्ध गराउने जनाएको छ। यो सुविधा बैंकको ४० वटै शाखाहरुमा उपलब्ध रहेको छ। यस योजनाले केहि हदसम्म भएपनि युवाहरुलाई स्वदेश मै उद्योग व्यवसाय गर्न प्रेरित गर्ने बैंकले अपेक्षा गरेको छ ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved