राष्ट्र बैंक सञ्चालक समितिमा सत्ता साझेदार कांग्रेस र माओवादी केन्द्रको भागबन्डा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 18, 2017 | 03:05:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको रिक्त दुई संचालकमा सत्ता साझेदार एकीकृत माओवादी केन्द्र र नेपाली कांग्रेसले भागबन्डा गरेका छन। बैशाख ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त दुई संचालकमा रामजी रेग्मी र डा. श्रीराम पौडेललाई नियुक्त गरेको हो। 

एकीकृत माओवादी केन्द्रबाट डा. श्रीराम पौडेल र नेपाली कांग्रेसको तर्फबाट रामजी रेग्मीलाई आगामी ५ बर्षका लागि राष्ट्र बैकको संचालकमा नियुक्ति गरिएको हो। दुवैले नियुक्तिपत्र समेत बुझिसकेका छन। 

पौडेलले दोस्रो पटक राष्ट्र बैंकको संचालकको रुपमा निरन्तरता पाएका हुन्। उनि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका प्रमुख आर्थिक सल्लाहकार समेत हुन। उनि पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको पालामा समेत प्रमुख आर्थिक सल्लाहकार थिए। 

त्यस्तै रेग्मी नेपाल राष्ट्र बैंकबाट अवकास प्राप्त कर्मचारी हुन। उनि पछिल्लो समय नेपाल स्टक एक्सचेन्ज, नेप्सेका अध्यक्ष थिए। नेपाली कांग्रेसको कोटाबाट संचालक बनेका रेग्मी राष्ट्र बैंकका कार्यकारी निर्देशक समेत थिए।     

पौडेल र अर्का एक संचालक ड़ा रामहरी अर्यालको पांचबर्ष कार्यकाल पुरा भएपछि चैतबाट रिक्त संचालक पदमा पौडेल र रेग्मीलाई नियुक्ति गरिएको हो। 

राष्ट्र बैक सञ्चालक समितिमा गभर्नर, दुई डेपुटी गभर्नर, अर्थमन्त्रालयका सचिववाहेक वाहिरबाट तीन सञ्चालक हुन्छन। अर्का एक संचालक   बिकेमान सिंह पद अदालतको आदेशबाट अहिले निस्कृय छ। सिंहलाई योग्यतामाथि प्रश्न उठेपछि अदालतले उनलाई निलम्बन गरेको छ। ३ मध्ये रिक्त दुई पदमा पौडेल र रेग्मीलाई नियुक्ति दिइएको हो।

३ मध्ये कम्तिमा १ जना संचालकको उपस्तिथी हुनु पर्नेमा ३ वटै संचालक रिक्त भएकाले पछिल्लो १ महिना यता राष्ट्र बैंकको सञ्चालक समिति बैठक बस्न सकेको छैन।    

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved