नेपाल बंगलादेश बैंकले मार्यो बाजी, बजारबाट उठायो १ अर्ब २० करोड, ब्याजदर अब कता जाला ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 18, 2017 | 09:17:21 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुले कल डिपोजिट टिकाउन बचत खाताको ब्याजदरमा गरेको प्रस्तिपर्धाको प्रभाब बजारमा देखिन थालेको छ। लगानीयोग्य रकमको अभाबको मारमा परेका बैंकहरुले निक्षेप संकलन गर्न मुद्दती निक्षेप र कल डिपोजिटको ब्याजदर बढाउदै लगेपछी राष्ट्र बैंकले पछिल्लो चरणमा जारी गरेको निर्देशनले बैंकहरुले बचत खाताको ब्याजदर बढाउन लागिपरेका हुन। 

राष्ट्र बैंकले बैशाख १ गतेदेखि कल खातामा दिईरहेको ब्याजदर भन्दा कम नहुने गरी बचत खाताको ब्याज दर कायम गर्न निर्देशन दिए अनुरुप बैंकहरुले धमाधम बचत खाताको ब्याजदर बढाउन लागिपरेका छन। 

बैंकहरुले बचत खातामा बढाएको ब्याजदरको लागत व्यवस्थापन गर्न ऋणमा ब्याजदर वृद्धि गर्ने निश्चित रहेको छ। यस अवस्थामा राष्ट्र बैंकले क्लोज मनिटरिङ नगर्ने हो भने ऋणको ब्याजदर १६-१७ प्रतिशत पुग्न सक्ने छ। 

तरलता योग्य रकम जुटाउन आज मंगलबार मात्रै नेपाल बंगलादेश बैंकले बजारबाट १३ दशमलब ०१ प्रतिशत ब्याजदरमा १ अर्ब २० करोड पैसा उठाएको बिजपाटीलाई जानकारी प्राप्त भएको छ। नेपाल बंगलादेश बैंकले यत्तिका महँगो ब्याजदरमा सिलिंग राखेर बजारबाट पैसा उठाउनुले भविष्यमा ऋणको ब्याजदर महँगो हुने सजिलै अनुमान गर्न सकिन्छ। 

बिजपाटीलाई प्राप्त जानकारी अनुसार अन्य बैंकहरु समेत सहभागी भएको अवस्थामा एनबि बैंकले महँगो ब्याजदरमा उक्त रकम उठाएको हो। अन्य बैंकहरुले समेत १२ दशमलब ५०  प्रतिशतको हाराहारीमा बोलि लगाएका थिए तर एनबि बैंकले बाजी मार्दै १ अर्ब २० करोड उठाउन सफल भएको हो।

बचत खातामा ब्याजदर बढाउँदा यसबाट लाखौ सर्वसाधारण खातावालहरु लाभान्वित हुने छन् तर यसको ठिक बिपरित व्यवसाय संचालन तथा अन्य प्रयोजनका लागि बैंकबाट ऋण लिनेहरु भने महँगोदरमा ऋण लिन बाध्य हुने छन। यसले व्यवसायीको उत्पादन लागत बढी बजारमा महंगी बढ्न सक्ने प्रति राष्ट्र बैंकले समयमै सोच्नु पर्ने हुन्छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved