ज्योति विकास बैंकको शतप्रतिशत बिक्रि खुला,कहाँबाट दिने आबेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 23, 2017 | 02:07:10 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बाणिज्य बैंकले सार्वजनिक निष्कासनको क्रममा धितोपत्र खरिदका लागि आस्बा प्रणालीको अनुमती पाएको छ। नेपाल धितोपत्र बोर्डले यस सम्बन्धि निर्देशिका २०७३ बमोजिम धितोपत्र दरखास्त संकलन तथा आस्बा प्रणालीको अनुमती दिएको बैंकले जनाएको छ।

बैंकले आस्वा सेवा दिने अनुमति पाएसंगै बैंकका ग्राहकले राष्ट्रिय वाणिज्य बैंकको ६८ जिल्लामा रहेका १७२ वटा शाखा कार्यालयबाट आस्वा मार्फत आबेदन दिन सक्ने छन।          

देश भरका ६८ जिल्लामा छरिएर रहेका यस बैंकले आस्वा सेवा दिने अनुमति पाएसंगै सहरमा सित्मी रहेको धितोपत्र बजारको सेवा दुरदराजमा रहेका जनताको पहुँचमा पुगी उनीहरुले लाभ लिन सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताएका छन। 

यस बैंकका ग्राहकले बैंकको जुनसुकै कार्यालयबाट दरखास्त फारम संकलन प्राप्त गरि भरेर बुझाउन सक्ने छन। सार्वजनिक निष्काशनको क्रममा धितोपत्र खरिद गर्न इछ्याएको रकम ग्राहकको खातामा रोक्का रहने छ। धितोपत्र बांडफांड भए पश्चात लगानीकर्ताको नाममा कायम हुन आएको धितोपत्र बराबरको रकम सम्बन्धीत धितोपत्र निष्काशनकर्ता कम्पनीमा पठाई बांकी रकम सम्बन्धीत खाताधनीले पुर्ववत रुपमा प्रयोग गर्न सक्ने गरी फुकुवा हुने छ।      


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved