स्थानीय तहको चुनावी विदामा बैंकिङ सेवा नरोकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 03, 2017 | 08:16:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले स्थानीय तहको चुनावका लागि ३ दिन सार्वजनिक बिदा दिने घोषणा यस अघि नै गरिसकेको छ। सरकारले ३ दिन सार्वजनिक बिदा दिंदा त्यसमा २ दिन नियमित (२७ गते बुद्द जयन्ति र ३० गते शनिबार) गरि कुल ५ दिन सरकारी कार्यालय बिदा रहनेछन। 

सरकारले घोषणा गरेको २८, २९ र ३१ गते सहितको कुल ५ दिनको बिदाको अवधीमा ग्राहकहरुलाई दिने सेवा नरोकिने बैंकहरुले जनाएका छन्। बैंकहरुले ग्राहकहरुको बिशेष सेवाका लागि संचालनमा ल्याएको ३६५ दिने काउन्टरका साथ साथै सार्वजनिक बिदाको ३ दिने बिदामा कम्तिमा १ दिन सबै शाखाहरु संचालनमा ल्याउने तयारी गरेका छन। 

चुनावका लागि तय गरिएको ३ दिने बिदाका दिन के कसरि सेवा दिने भन्ने बारे ठोस निर्णय नभईसकेको बैंकहरुले जनाएका छन। यद्दपी बिदाका दिन समेत उपभोक्ताहरु बैंकको सेवाबाट बन्चित नहुनेमा बैंकहरुले बिश्वास दिलाएका छन। बैंकहरुले एटिएम सेवा चुस्त दुरुस्त राख्ने भएकाले पनि ग्राहकहरुलाई समस्या नपर्ने बैंकहरुले जनाएका छन।  

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बैंकहरुले ३६५ दिन नै बैंक सेवा दिदै आएकाले स्थानीय तहको चुनावको समयमा सर्वसाधारण उपभोक्ताहरु बैंकले दिने सेवाबाट बन्चित हुन नपर्ने बताए।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved