एन आई सी एशिया बैंकले एकै दिन उद्घाटन गर्यो ९ नयाँ शाखा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 17, 2017 | 01:19:50 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंकले एकै साथ विभिन्न ९ स्थानमा शाखा स्थापना गरेको छ  । सबै नयाँ शाखाहरुको आज  २०७४ जेष्ठ ३ गते एक समारोहका बिच विधिवत् उद्घाटन भएको बैंकले जनाएको छ  ।

ती शाखाहरु मध्ये सौ-फर्साटिकर स्थित ९१ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य,  सुरेन्द्र प्रसाद श्रेष्ठ, धकधई  स्थित ९२ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य,  कृष्ण प्रसाद शर्माले,  भुमही स्थित ९४ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य,  भिम बहादुर थापा (भरत)ले, बाँसगढी स्थित ९५ औं शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, नेपालगंज कार्यालयका निर्देशक  गुरु प्रसाद पौडेलले, पर्सा स्थित ९६ औं शाखाको उद्घाटन खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष, गुण राज श्रेष्ठले, टाँडी स्थित ९७ औं शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष,  ज्ञान बहादुर बिसुरालले, दुलेगौडा स्थित ९९ औं एवं भिमाद स्थित १०३ औं शाखाको उद्घाटन तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष,  कृष्ण राज पण्डितले, हाकिम चोक स्थित १०१ औं शाखाको उद्घाटन चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले गरेको बैंकले जानकरी दिएको छ ।

यी ९ शाखा विस्तार सँगै एन आई सी एशिया बैंकले ग्राहकलाई देशभरीका १०७ वटा शाखाहरुबाट सेवा प्रदान गर्न सुरु गरेको छ। 

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved