एन आई सी एशियाले बैंकले खोल्यो ४ नयाँ शाखा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 18, 2017 | 05:41:39 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंकले ४ स्थानमा नयाँ शाखा विस्तार गरेको छ ।  बैंकले आज मिति २०७४ जेष्ठ ४ गते एक समारोहका बिच ४ वटै शाखाको उद्घाटन गरेको हो ।

ती शाखाहरु मध्ये मणिग्राम स्थित १०२ औं शाखाको उद्घाटन तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष,  गुणानिधि भण्डारी (माधव) ले, नयाँ पुल कास्की  स्थित १०४ औं शाखाको उद्घाटन नयाँ पुल कास्की निवासी कुल बहादुर गुरुङले, सालझण्डी स्थित १०५ औं शाखाको उद्घाटन सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष  राज बहादुर क्षेत्री एवं सैनामैना व्यापार संघका अध्यक्ष,  दुर्गा प्रसाद गौतमले संयुक्त रुपमा र रुद्रपुर स्थित १०७ औं शाखाको उद्घाटन  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रय सदस्य,  सुरेन्द्र प्रसाद श्रेष्ठले गरेका हुन्  । 


शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।  

बैंकले  सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved