एभरेस्ट बैंकले ल्यायो एक महिने 'निक्षेप परिचालन योजना'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 22, 2017 | 04:05:59 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेस्ट बैंकले “निक्षेप परिचालन योजना” (Deposit Mobilization Campaign) शुरुवात गरेको छ । वित्तीय समावेशीतालाई प्रोत्साहन गर्नका साथै बंैकको निक्षेपको आधारलाई अझ मजबुत पार्नका लागी एभरेष्ट बैंकले यस्तो योजनाको  शुरुवात गरेको जनाएको छ । ज्येष्ठ १ गते देखि शुरु भएको यस योजनाको अवधि १ महिनाको रहनेछ ।


त्यस्तै समाजका बिभिन्न समुहलाई बचतको बानी बसाल्नका लागी यस योजना अन्र्तगत बैंकले विशेष गरी बचत तथा चल्ती खातामा जोड दिएको छ  र खाता खोल्न आवश्यक न्यूनतम मौज्दात रकममा ५०% छुट प्रदान गरेको छ । बचत तथा चल्ती खातामा विशेष जोड भएतापनि ग्राहकले मुद्दती र कल खाता पनि आर्कषक ब्याजदरमा खोल्न सक्नेछन् । 


एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८८ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले एसियन पेन्टस् न्युबिज “बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३” का साथै आ.ब. २०६८÷०६९मा “वाणिज्य बैंक मध्येमा सर्वाधिक करदाता” को सम्मान प्राप्त गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved