माछापुच्छ्रे बैंकको परासी शाखा संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 24, 2017 | 02:40:16 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक लिमिटेडले बैंकको परासी शाखालाई महेशपुरचोक, परासीबजार वडा नं ५ साबिकको भवनबाट दक्षिणतर्फ संगैको नयाँभवनमा स्थानान्तरण गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष  रोशन के.सी ले गरेका हुन् । 

नयाँ सुविधासम्पन्न भवनबाट बैंकले आफ्नाग्राहकहरुलाइकर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकमझिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ । 

रु. ६ अर्व ५९ करोड ८७ लाख चुक्ता पुंजी रहेको यस बैकले २०७३ सा लचैत्र मसान्त सम्म रु ५८ अर्व ४ करोड निक्षेप परिचालन गरी रु. ५३ अर्व ५ करोड कर्जा प्रवाह गरेको छ भने सो अबधिमा रु. १ अर्व ५१ लाख खुद मुनाफा गरेको छ ।

  बैकले दैनिक बैकिङ्ग कारोबार संचालन गर्न प्रयोग गरेको Banking Software, Globus बिश्व कै  उत्कृष्ट भएको दाबी बैंकले गरेको छ । बैंकले त्यहि सफ्टवेयरको माध्यमबाट ग्राहकहरुलाई अत्याधुनिक सेवा दिदै आएको बताएको छ । 

बैकले पुर्वमा बिर्तामोडदेखि पश्चिममा धनगढी साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्नाशाखाहरु स्थापना गरी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved