एन आई सी एशिया बैंकद्वारा विभिन्न स्थानमा वृक्षरोपण, ७००० विरुवा रोप्ने लक्ष्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 05, 2017 | 01:47:37 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंकले विश्व वातावरण दिवसको अवसरमा आज विभिन्न स्थानमा वृक्षारोपण गरेको छ । बैंकले कुस्मा शाखाद्वारा जिल्ला प्रहरी कार्यालय,पर्वत, बैकंको अत्तरीया शाखाद्वारा कैलाली जिल्लास्थित सैनिक आवासीय महाविद्यालयको एव बैकंको ईलाम शाखाद्वारा ईलाम नगरपालिकाको स्वामित्वमा रहेको नगर बाल उद्यानमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण गरेर हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु¥याएको बताएको छ । 

एन आई सी एशिया बैंकले देशभरी रहेका आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपण एवं सो को यथोचित संरक्षणका लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था तथा निकायहरुको सहकार्यमा वृक्षारोपण गर्दै आइरहेको जानकारी दिएको छ  । 

 बैंकले यहि आर्थिक वर्ष २०७३÷७४ भित्र मुलुकभर ७००० विरुवाहरुको वृक्षरोपण गर्ने अठोट लिएर अघि बढीरहेको समेत जनाएको छ । यस्तो वृक्षारोपणबाट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मार्फत वातावरणीय सन्तुलन तथा हरियाली कायम गर्न योगदान पुग्ने विश्वास लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved