एनएमबि बैंकले ल्यायो १ करोडसम्मको शैक्षिक कर्जा योजना, ५ कार्यदिनमै उपलब्ध हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 06, 2017 | 06:15:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले 'एनएमबि शैक्षिक कर्जा' नामक शैक्षिक कर्जा योजना ल्याएको छ। देश तथा विदेशमा पढ्न चाहनेहरुलाई प्रोत्साहनका लागि यस प्रकारको शैक्षिक योजना ल्याइएको बैंकले जनाएको छ। 

No automatic alt text available.बैंकको 'एनएमबि शैक्षिक कर्जा' योजना अन्तर्गत देश तथा विदेशमा पढ्न चाहने बिद्यार्थीहरुले १ करोडसम्मको शैक्षिक कर्जा प्राप्त गर्ने छन्। ५ कार्यदिनमा शैक्षिक कर्जा उपलब्ध हुने र यसको समयअवधि १० बर्षको रहने बैंकले जनाएको छ। 


घर, जग्गा तथा कुनै पनि प्रकारको चल अचल सम्पत्ति राखी शैक्षिक कर्जा लिन सकिने छ भने यसको ब्याजको प्रतिशत भने कर्जाको रकम अनुशार निर्धारण गरिने हुने छ।


शिक्षामा आत्मनिर्भता भन्ने नारा सहित आरम्भ गरिएको “एनएमबि बैंक शैक्षिक कर्जा” ले विद्यार्थीहरुको शैक्षिक यात्रामा लाग्ने आर्थिक समस्या समाधान गर्न भरपर्दो वित्तीय सेवाका रुपमा स्थापित हुने कुरामा बैंकले विश्वास व्यक्त गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved