एनआई सी एशिया बैंकको ९५ औं शाखा कैलालीको बौनियाँमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 02, 2017 | 03:54:03 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

एनआई सी एशिया बैंकले आफ्नो ९५ औं शाखा कैलालीको  बौनियाँमा स्थापना गरेको छ । आज आइतबार नेपाल राष्ट्र बैंक,धनगढी कार्यालयका प्रमुख  बिश्रुत थापाले बौनियाँ शाखाको विधिवत् उद्घाटन गरेका हुन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । हाल यस बैंकको अधिराज्यभर ११३ शाखा कार्यालयहरु संचालनमा रहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved