राष्ट्रिय वाणिज्य बैक लिमिटेडको १७५ औं शाखा बलरा नगरपालिकामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 03, 2017 | 11:55:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्लाही जिल्लाको बलरा नगरपालिकामा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको १७५ औं शाखा कार्यालय स्थापना गरिएको छ । उक्त शाखाको नेपाली कांग्रेसका नेता एवं सांसद डा.अमरेश कुमार सिंहले एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

समारोहमा प्रमुख अतिथि सांसद अमरेश कुमार सिंहले बिकासको लागि सबैभन्दा पहिले सम्पूर्ण स्थानीय तहमा बैंक आवश्यक भएको र बैंक भएपछि मात्र अन्य क्षेत्रको बिकास हुने बताए । सो कार्यक्रममा राष्ट्रिय वाणिज्य बैकका संचालक समितिका अध्यक्ष डा.रबीन्द्र प्रसाद पाण्डेले शहरी, ग्रामिण र दुर्गम सवै स्थानमा बैंकको सक्षम उपस्थितीले देशैभरि वित्तीय समावेशीताको माध्यमबाट वित्तीय पहुंच पुर्याउन सघाउ पुग्ने बताए ।

 कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले रावावैकले नयां संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि दिगो आर्थिक बिकासको लागि वित्तिय पहुंच विस्तार गरिने बताए । बैकको बिरगंज क्षेत्रका प्रवन्धक मनोज बर्माको सभापतित्वमा सम्पन्न उक्त समारोहमा नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल, प्रहरी उपरीक्षक उत्तम राज सुवेदी, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक राजेश तण्डुकार, स्थानीय उद्यमी व्यवसायी तथा सर्वसाधारणको भव्य उपस्थिति रहेको थियो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved