एन आई सी एशिया बैंकको नयाँ शाखा कालिकोटको खडाचक्र नगरपालिकामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 06, 2017 | 03:04:51 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंकको नयाँ शाखा कालिकोटको मान्मा स्थापना भएको छ । बैंकले जिल्लाको खडाचक्र नगरपालिका, वार्ड नं. १, मान्मामा स्थापना गरेको हो   । शाखाको  खडाचक्र नगरपालिकाका मेयर  जसि पाण्डे तथा कालिकोट उद्योग बाणिज्य संघका अध्यक्ष  सुर्य बहादुर शाहीद्वारा संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । हाल यस बैंकको अधिराज्यभर ११७ शाखा कार्यालयहरु संचालनमा रहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved