सानिमा बैंक लिमिटेडको ४६ औ शाखामा काठमाडौँको महाराजगंजमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 07, 2017 | 12:18:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक लिमिटेडले आफ्नो ४६ औ शाखामा काठमाडौँको महाराजगंजमा स्थापना गरेको छ  । आज शुक्रबार  बैंकका ब्य्रान्ड प्रवद्र्धक कलाकारद्वय  मदन कृष्ण श्रेष्ठ  र   हरिवंश आचार्य  (मह जोडी)ले शाखाको संयुक्त रुपमा उद्घाटन गरेक हुन् ।

उद्घाटन समारोहमा सानिमा बैंकका संचालक डा. सुवर्णदास श्रेष्ठले मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए । त्यसैगरी सानिमाबैंकका प्रमुख कार्यकारी अधिकृत  भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै यस महाराजगंज शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

उद्घाटन समारोहमा मह जोडीले महाराजगंजमा सानिमा बैंक संचालनमा आएकोमा महाराजगंजवासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गर्नु गरे ।

सानिमा बैंकको हाल मेची देखि महाकाली तथा सातै प्रदेशमा गरी ४६ वटा शाखा तथा ५३ वटा ए.टि.एम. का साधन रहेका छन । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved