एनआईसी एशिया बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत २ दिनमा १६०० बिरुवा रोप्यो, ७ हजार रोप्ने लक्ष्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 13, 2017 | 05:11:29 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंकले विभिन्न शाखाहरु मार्फत करिब १६०० विरुवाहरु रोपेर आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणीय सन्तुलनमा योगदान पु¥याएको बताएको छ ।   बैंकको धरान शाखाद्वारा पुर्वाञ्चल क्याम्पसको परिसरमा , नेपालगंज शाखाद्वारा महेन्द्र बहुमुखि क्याम्पसको परिसरमा र  चन्द्रगढी शाखाद्वारा श्री कृष्ण दिप्यान गुरुकुल वेद विद्याश्रम परिसरमा वृक्षरोपण गरिएको बैंकका सूचना अधिकृत रमेश कुमार न्यौपानेले जानकारी दिएका छन् ।   न्यौपानेका अनुसार धारण र नेपालगंज शाखाले बुधबार र चन्द्रगढी शाखाले आज बिहिबार वृक्षरोपण गरेको बताएका हुन् ।   


एन आई सी एशिया बैंकले यहि आर्थिक वर्ष २०७३÷७४ भित्र ७००० विरुवाहरुको वृक्षरोपण गर्ने लक्ष्य अनुरुप देशभरी रहेका आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपण गरिरहेको छ ।   

यस्तो वृक्षारोपणबाट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मार्फत वातावरणीय सन्तुलन र हरियाली कायम गर्न योगदान पु¥याउने विश्वास लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved