थप दुई स्थानबाट ज्योति विकास बैंकको एटिएम सेवा सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2017 | 04:29:05 PM मा प्रकाशित

laxmi  sunrise bank ज्योति विकास बैंकले दुई स्थानबाट एटिएम सेवा सुरु गरेको छ। बैंकले आफ्ना दुई शाखाहरु जोरपाटी तथा भक्तपुरको च्याम्हासिंहबाट एटिएम सेवा सञ्चालनमा ल्याएको हो । अब बैंकका ग्राहक तथा एससिटी सदस्य बैंकका ग्राहकले एटिएम कार्डबाट नगद झिक्न सकिने छ ।

यी दुई एटिएम संगै बैंकको   एटिएम संख्या १४ पुगेको छ  । बैंकले निकट भविष्यमा अन्तराष्ट्रिय कम्पनी भिसा (भिआईएसए) संग आवद्घ भई थप सेवा विस्तार गर्ने बताएको छ ।

राष्ट्रिय स्तरको यस विकास बंैकले देशभर ३२ वटा शाखा संजाल र १ एक्स्टेन्सन काउण्टर मार्फत बैङ्किग सेवा प्रदान गरिरहेको छ र निकट भविष्यमा थप ९ शाखा विस्तार गर्ने योजना रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved