राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको वार्षिकोत्सव सम्पन्न

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 21, 2017 | 06:05:45 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले विविध कार्यक्रम गरी २८ औं वार्षिकोत्सव मनाएको छ ।  नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले  वार्षिकोत्सब उद्घाटन गरेकी हुन्। सो अवसरमा उपाध्यक्ष शाक्यल संघिय गणतन्त्रको अवस्थामा आन्दोलनका स्वरुप परिवर्तन गर्नुपर्छ भन्दै ट्रेड यूनियन आन्दोलनमा मजदुर र ब्यवस्थापन बीचको समस्या वार्ता र छलफलबाटै समाधान गरिनुपर्ने बताईंन  ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालकका अध्यक्ष बेद बहादुर लावतीेको अध्यक्षतामा आयोजीत कार्यक्रममा पेसागत महासघं नेपालका उपाध्यक्ष शंकर सुवेदी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ(द्यक्ष्ँग्) नेपालका राष्ट्रिय  अध्यक्ष नारायण प्रसाद सुवेदी, प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, कर्मचारी संघ नेपालका पूर्व अध्यक्ष कमल खरेल, शिव कुमार अधिकारी, नेपाल वित्तीय संस्था कर्मचारी संघ, रावा बैंकका उपाध्यक्ष दिनेश बिक्रम थापा, नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव अशोक शिवा, राष्ट्रिय कर्मचारी संगठनका, नेपालका उपमहासचिव उभार पाण्डले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा पेशागत हक, हित तथा सस्थाको सम्बद्र्धनका बिषयमा ब्यापक रुपमा विषयहरु उठान गरिएको थियो । 

२८ औं वर्षिकोत्सव अवसरमा ८६ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए  । साथै सो अवसरमा बैंक कर्मचारीहरु बीच भएको तातो आलु नामक खेल प्रतियोगिता समेत संचालन गरिएको थियो । कार्यक्रममा कर्मचारी संघमा आवद्ध निवृत ४४ जना बैंक कर्मचारीहरुलाई संघको आजिवन सदस्य पदक प्रदान गरिएको थियो । २०७३ सालको माध्यामिक शिक्षा परीक्षमा उत्कृष्ट जीपिए प्राप्त गर्ने कर्मचारी संघमा आवद्ध बैंक कर्मचारीहरुका ७ जना छोरा छोरीहरुलाई राविया छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved