मेगाले बिमासम्बन्धि सम्पूर्ण सुविधा बैंकबाट नै दिने, सातै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 24, 2017 | 11:44:39 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंकले सातवटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने भएको छ। बैंक आठौँ बर्षमा प्रवेश गरेको अवसरमा आयोजीत बार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संचरना अनुसार सातवटै प्रदेशमा जाने घोषणा गरेका हुन।

'मेगा बैंक संघीय संचरना अनुसार सातवटै प्रदेशमा जान्छ, त्यसको सुरुवात प्रदेश नम्बर ५ को बुटवलबाट भइसकेको छ' काठमाडौंको कमलादीस्थित प्रधान कार्यालयमा आयोजित बार्षिकोत्सव कार्यक्रममा अध्यक्ष शाहले भने।

मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले मेगा बैंकले चालु आर्थिक बर्ष २० वटा नयाँ शाखा खोल्ने बताएका छन। 'स्थानीय निकायको चुनावले आर्थिक सम्भावनाका धेरै ढोका खोलेको छ, नयाँ नगरपालिका र गाउँपालिकामा शाखा विस्तार हुनेछ' उनले भने।

मेगा बैंक हाल टुरिजम बैंकसंगको मर्जर प्रक्रियामा रहेको छ। मर्जर पश्चात बन्ने मेगा बैंक नेपालको सबैभन्दा बढी पुँजी भएको बैंकहरुमध्ये पर्नेछ। मेगा बैंकका सीईओ शाहका अनुसार बैंकिङ क्षेत्र तरलताको अभावले गुज्रिए पनि बितेको बर्ष मेगा बैंकले राम्रो मुनाफा आर्जन गर्न सफल भएको छ। उनले आगामी बर्षदेखि बैंकको मुनाफा झनै बढ्ने बताए।

मेगा बैंकले ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रक्रियामा रहेको छ। प्रति कित्ता १ सय रुपैयाँका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता हकप्रद निष्काशनको प्रक्रिया अगाडि बढिसकेको छ।

कार्यक्रममा दिइएको जानकारी अनुसार मेगा बैंकले ४७ वटा शाखा र एउटा एक्सटेन्शन काउन्टर,५० वटा एटीएम सञ्जाल तथा ५८ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। त्यस्तै करिब १५ सय स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार भएको छ। यस अवधिसम्म मेगा बैंकको ग्राहक संख्या २ लाख ६० हजार पुगेको छ।

त्यस्तै,  मेगा बैंकका ग्राहकहरुले अब जीवन बीमा र निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सुविधा मेगा बैंकबाटै लिन सक्ने समेत कार्यक्रममा जानकारी गराइएको छ। जीवन बिमाका लागि बैंकले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग साझेदारी गरेको छ भने निर्जीवन बीमाका लागि बिभिन्न कम्पनीहरुसँग सम्झौता गरेको बताइएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved