आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे प्रथम साधारणसभा सम्पन्न

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 06, 2017 | 12:01:01 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडकोे आ.व. २०७२÷०७३ को प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  संचालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको अध्यक्षतामा साधारण सभा  भएको हो ।  साधारण सभाले आ.व. २०७२÷०७३ को वार्षिक प्रतिवेदन सहित विविध प्रस्ताबहरु पारित गरेको छ ।

साधारण सभामा अध्यक्ष किरण कुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ्ग सेवा राष्ट्रिय वाणिज्य बैंकको ६८ जिल्लामा रहेका १७९ वटा शाखा कार्यालयबाट पनि यो सेवा लिन सकिने हुंदा दुरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने सम्भावना देखिएको बताए । मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीले हाल १० करोड चुक्तापूंजी रहेको मर्चेन्ट बैंकिङ्गले निकट भविष्यमै कारोबार संचालन गर्ने बताए । 

साधारण सभामा आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडका संचालकहरु कबिराज अधिकारी, केसब प्रसाद लम्साल, देबेन्द्र रमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे, नायब महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, टेकराज जोशी, नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनीधि लगायतकोे उपस्थिती रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved