तिनाउ विकास बैंक १२ औ शाखा भैरहवामा स्थापना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 11, 2017 | 12:25:29 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवलको हस्पीटल लाइनमा केन्द्रिय कार्यालय रहेको तिनाउ विकास बैंक लिमिटेडले आप्mनो १२ औं शाखा सिद्धार्थनगर नगरपालिका वडा नं. ८, नारायणस्थान भैरहवामा स्थापना गरेको छ ।  शुक्रवारका नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखाका निर्देशक रेवति प्रसाद नेपालले नयाँ शाखाको उद्घाटन गरेका हुन्।

 बैंकका अध्यक्ष राजेन्द्र प्रसाद वझाले बैंकले ग्रामिण स्तरमा शाखाहरुको संजाल विस्तार गरि ११ वटा पु्र्याईसकेको र अव भैरहवा पनि अत्याधुनिक बैंकिङ्ग सहित सेवा प्रदान गर्न प्रतिवद्ध रेहेको बताए । पछिल्लो समयमा राम्रो प्रगति गरिरहेको र विकास बैंकहरुमा आप्mनो राम्रो स्थान वनाउन सफल तिनाउ विकास बैंकको यस ठाउँमा उपस्थिती स्वागत योग्य रहेको र उत्पादनशिल क्षेत्रमा अझै लगानी वृद्धि गरी अगाडी बढ्नुपर्ने र यस संस्थाले गरेका सामाजिक उत्तर दायित्व प्रति राम्रो काम गरेको उनले बताए  ।  

हाल सम्म झण्डै ४ अर्व निक्षेप संकलन गरी ३ अर्व २५ करोड कर्जा लगानी गरेको वैंकले गत आर्थिक वर्षमा १५ करोड १९ लाख संचालन मुनाफा आर्जन गरेको थियो ।

रुपन्देही, नवलपरासी र चितवन कार्यक्षेत्र कार्यक्षेत्र भएको बैंकल ग्राहकलाई एटिएम सेवा,रेमिटयान्स सेवा, लकर सुविधा, कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सुविधा, विहानी काउण्टर, मोवाईल बैंकिङ, नेपाल टेलिकमको पीएसटीएन, एडीएसएल, प्रिपेड तथा पोष्टपेड मोबाइलको बिल भुक्तानीजस्ता सेवा प्रदान गरिरहेकोे र शेयर लगानीकर्ताहरुको लागि आश्वा  सेवा समेत निःशूल्क प्रदान गरिरहेको  छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved