मञ्जुश्री फाईनान्सको एघारौ शाखा विरगञ्जको आदर्शनगरमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 27, 2017 | 10:11:43 AM मा प्रकाशित

laxmi  sunrise bank

मञ्जुश्री फाईनान्स लिमिटेडले आफ्नो एघारौ शाखा कार्यालय पर्सा जिल्लाको विरगञ्ज स्थित आदर्शनगर,विरगञ्जमा स्थापना गरेको छ । मञ्जुश्री फाईनान्स लिमिटेडका सञ्चालक समितिका सदस्यहरु कमलकुमार वेगानी तथा चिन्तामणि गौतमले संंयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, धनगढी,इटहरीे, बिराटनगर , नेपालगञ्ज, धरान तथा पोखरामा शाखाहरु रहेका छन् । 

चुक्तापूँजी  रु. ७२,४३,७८,५०० (रु. बहत्तर करोड त्रीचालीस लाख अठहत्तर हजार पाँच सय मात्र)  रहेको राष्ट्रिय स्तरको यस फाईनान्सले हालसम्म निक्षेप रु.४.४६ अर्व तथा कर्जा तर्फ रु. ३.८९ अर्व परिचालन गरेको छ ।यसका साथै यस फाईनान्सले विप्रेशण, एटिएम सेवा लगायत निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved