बुढानिलकण्ठ नगरपालिका तथा प्रभु बैंकको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 27, 2017 | 10:25:15 AM मा प्रकाशित

laxmi  sunrise bank

बुढानिलकण्ठ नगरपालिका तथा प्रभु बैंकको संयुक्त आयोजनामा काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका स्थित बाँसवारी देखि गणेशचोकसम्म मुल सडकको दायाँबायाँ दुवै किनारामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । शनिबार  “Clean and Green Budhanilkantha”  भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।    बुढानिलकण्ठ नगरपालिकाकाप्रमुख उद्धव प्रसाद खरेल र प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत   अशोक शेरचनले संयुक्त रुपमा वृक्षारोपण गरी कार्यक्रमको उद्धघाट्न गरेका थिए  । 

वृक्षारोपण कार्यक्रममा स्थानीय वडा प्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु, प्रभु बैंक लिमिटेडका कर्मचारीहरु तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो । वृक्षारोपण कार्यक्रममा नगर प्रमुख  उद्धव प्रसाद खरेलले वृक्षारोपण कार्यक्रमको लागि प्रभु बैंकले उपलब्ध गराएको सहयोग प्रति हार्दिकतापुर्वक आभार प्रकट गरेका थिए ।

कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले आप्mना ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउनुका अतिरिक्त सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न खालका सामाजिक सहयोग तथा सद्भावयुक्त कार्यक्रमहरुमा योगदान गर्दै आईरहेको र आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ निरन्तरता दिने बताएका थिए ।

  वृक्षारोपणले सुन्दर एवं पर्यटकीय नगरी बुढानिलकण्ठको वातावरणलाई हरियाली बनाई पर्यावरण स्वच्छ राख्नथप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ भने स्थानीय उत्साहित भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved