एशियन लाईफ ईन्स्योरेन्स र मुक्तिनाथ बिकास बैंकबीच बैंकासुरेन्स सम्बन्धि सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 28, 2017 | 01:37:16 PM मा प्रकाशित

laxmi  sunrise bank

जीवन बीमालाई ग्राहकको पहुँचसम्म सजिलै पु¥याउने उद्धेश्यले एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ बिकास बैंक लिमिटेड बीच बैंकासुरेन्स (Bancassurance) सम्बन्धि संझौतापत्रमा हस्ताक्षर भएको छ । 

 संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र मुक्तिनाथ बिकास बैकका नायब प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले हस्ताक्षर गरेका हुन् । बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई जीवन बीमा कम्पनीले प्रचलनमा ल्याएका बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ । अव एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग मुक्तिनाथ बिकास बैंकका नेपालभरिका ५९ वटा शाखा कार्यालयहरुबाट समेत लिन सकिने ब्यवस्था मिलाइनेछ । 

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल ७२ वटा उपशाखा तथा २३ वटा शाखा कार्यालयहरु रहेका छन् । २०७४ आषाढ मसान्तसम्म यस कम्पनीको जीवन बीमाकोष रु.१० अर्ब, लगानी रु.९५४ करोड तथा चुक्ता पुँजी रु.८०.५५ करोड रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved