गरिमा विकास बैंकको अध्यक्षमा चन्द्रकान्त नियुक्त, संचालकद्वय खाण र श्रेष्ठको राजिनामा स्वीकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 30, 2017 | 11:49:07 AM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा बैंकको संचालक समितिको बैठकले संचालक समितिका अध्यक्ष र एक जना संचालक को राजिनामा स्वीकृत गरेको छ। बैंकको भदौ १३ गते बसेको बैठकले बैंकका अध्यक्ष दिलिप प्रताप खांड र संचालक हरिकुमार श्रेष्ठको राजिनामा स्वीकृत गरेको हो ।    

सोहि बैठकले संचालक समितिको अध्यक्षमा चन्द्र कान्त बराललाई नियुक्त गरेको छ ।   स्थानीय निर्बाचनमा मेयर पदमा निर्बाचित भएपछि दुवैले राजिनामा दिएका थिए  ।  नेपाल राष्ट बैंकको पछिल्लो एकीकृत निर्देशन अनुसार निर्बाचित जनप्रतिनिधिहरु बैंकको बैंकको संचालक बन्न पाउदैनन् । यहि प्रावधान अनुसार दुवैले राजिनामा दिएका थिए । 

अध्यक्ष दिलिप प्रताप खांड स्याङजाको वालिङ नगरपालिकाबाट मेयर पदमा निर्वाचित भएका हुन् भने संचालक हरिकुमार श्रेष्ठ म्याग्दीको बेनी नगरपालिकाबाट मेयर पदमा निर्वाचित भएका हुन। 

वालिङ नगरपालिकाको मेयर पदमा निर्वाचित भएका खांडले १० हजार ६ सय मत प्राप्त गरि बिजयी भएका हुन। खांडले नेकपा एमालेबाट मेयर पदका प्रत्यासी पुण्यप्रसाद अर्याललाई पराजित गरेका हुन्। अर्यालले ८ हजार ७ सय ४९ मत प्राप्त गरे। 

त्यस्तै म्याग्दीको बेनी नगरपालिकाको मेयर पदमा निर्वाचित भएका हरिकुमार श्रेष्ठले ५ हजार ६ सय ७९ मत प्राप्त गरि बिजयी भएका हुन। श्रेष्ठले नेकपा एमालेबाट मेयर पदका प्रत्यासी प्रमोद श्रेष्ठलाई पराजित गरेका हुन। श्रेष्ठले ५६३४ मत प्राप्त गरेका थिए।     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved