बैंकर सुरोज टण्डनको ‘आधूनिक बैंकिङ व्यवस्थापन र अर्थव्यवस्था’ पुस्तक बजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 31, 2017 | 10:51:03 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकर  एवं लेखक सुरोज टण्डनले ‘आधूनिक बैंकिङ व्यवस्थापन र अर्थव्यवस्था’ नामक पुस्तक बजारमा ल्याउनुभएको छ । 

बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले टण्डनले आफ्नो चौथो प्रकाशनका रुपमा सो पुस्तक बजारमा ल्याउनुभएको हो । 

नेपाली बजारमा विभिन्न विधाका पुस्तक प्रशस्त रहे पनि अर्थतन्त्र, बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित पुस्तक पाठकको माग र आवश्यकताअनुरुप पाउन कठिन रहेकाले सो पुस्तक प्रकाशन गरेको लेखक टण्डनको भनाइ छ । 

पुस्तकमा नेपालको आर्थिक क्षेत्र, वित्तीय क्षेत्र, बैंकिङ क्षेत्र, आधुनिक व्यवस्थापन, पूँजी बजारलगायत ऐन, नियम र संविधानका विषय वस्तु समेट्ने प्रयास गरिएको छ । 

राजनीतिमा सकारात्मक अवस्था देखिनुले पनि अर्थतन्त्रमा मुद्रास्फीति न्यून र आर्थिक वृद्धि बढ्न गएको विषय वस्तुसमेत पुस्तकमा समावेश गर्न खोजिएको छ । 

लेखक टण्डनका अनुसार बैंकिङ र गैरबैंकिङ क्षेत्रमा कार्यरत कर्मचारी र मानिसका लागि सो क्षेत्रलाई शिक्षा र जानकारी गराउन पुस्तक कोसेढुंगा बन्ने अपेक्षा गरिएको छ । 

लेखक टण्डन कृषि विकास बंैक मुख्य कार्यालय काठमाडाँैमा शाखा प्रमुख पदमा कार्यरत छन् । यसअगावै टण्डनले नेपालबाहेक जर्मनबाट समेत यस्ता पुस्तक प्रकाशन गरिसकेका छन् । रासस 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved