सिटीजन्स बैंक इन्टरनेसनलको ६० औं शाखा पाल्पाको छहरामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 03, 2017 | 12:29:55 PM मा प्रकाशित

laxmi  sunrise bank

 सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६० औं शाखा पाल्पाको छहरामा स्थापना गरेको छ । शाखाको  नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले उद्घाटन गरेका थिए ।

छहारा शाखाको उद्घाटन संगै सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडको देशभरी  ६० वटा शाखा, ५९  वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैकिङ्ग सेवा रहेका छन्  । बैंकले करिब ३ लाखग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको छ ।. साथै बैंकले ग्राहकवर्गलाई रेमिट्यान्स सेवा, ड्राफट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा ईन्टरनेशनल डलर कार्ड सेवा, विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सविधाहरुतथाकुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुबिधाहरुपनिउपलब्ध  गराउदै आऐको छ ।


उक्त समारोहमा सामाजिक उतरदायीत्व कार्यक्रम अन्तर्गत बैंकले गभर्नर मार्फत भैरव नवदिप माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर र श्री महाकाली माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर गरी जम्मा २ थान कम्प्यूटर हस्तान्तरण गरेको छ ।


बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थपशाखा संचालनगर्ने योजना अगाडि सारेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved