रिलायबल लाइफले थाल्यो औपचारिक कारोबार, बिमाबाटै करोडपति बनाउने योजना सार्वजनिक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 16, 2017 | 05:44:48 PM मा प्रकाशित

laxmi  sunrise bank

अनौपचारिक रुपमा गत भदौ २४ देखि नै कारोबार गर्दै आएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइतबारदेखि औपचारिक कारोबार सुरु गरेको छ। बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँबाट कारोबारको औपचारिक शुभारम्भ भएको हो। 

औपचारिक कारोबार संचालनको दिनमा रिलायबलले ‘करोडपती बनाउने’ धनपती जीवन बिमा सहित ६ वटा जीवन बीमा योजनाहरू सञ्चालनमा ल्याएको छ।

यस 'रिलायबल धनपती जीवन बिमा योजना' अन्तर्गत बिमकले मासिक न्युनतम ८ हजार ८ सय १७ रुपैयाँ बिमा शुल्क तिरेमा न्युनत्तम ५० लाखदेखि अधिकत्तम दुई करोडमाथिसम्म रकम प्राप्त गर्नेछ। 

यस योजनाको परिपक्वता मुल्य ग्राहक स्वयमले छनौट गर्न पाउनेछन। यस योजनामा प्रवेशका लागि न्युनत्तम १६ वर्ष र अधिकत्तम उमेर ५५ वर्ष तोकिएको छ। त्यस्तै बिमा योजना परिपक्व हुँदा ६५ वर्ष नाघ्न नहुने व्यवस्था गरिएको छ । बिमाको अवधि ग्राहकले आफुले चाहे अनुसार १० देखि ४० वर्षभित्र रोज्न सक्नेछ।

त्यस्तै यस योजना अन्तर्गत बिमकको बिमा अवधिमा मृत्यू भएमा इच्याएको व्यक्तिले परिपक्वता मूल्य बराबरको भुक्तानी पाउनेछ। यदि बिमक जीवित रहेमा पनि परिपक्वता मूल्य बराबरको रकम भुक्तानी पाउनेछ। यसमा ग्राहकले दुर्घटना लाभ लगायत पनि छनौट गर्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले जानकारी दिए। हालसम्म १२ सय बिमालेख जारी गरेको लोहनीको भनाई छ।  

यस योजनाको साथसाथै कम्पनीले रिलायबल सावधिक जीवन बीमा, रिलायबल उच्च शिक्षा जीवन बीमा, निश्चित आवदी जीवन बीमा, रिलायबल अग्रिम भुक्तानी बीमा, बैदेशिक बीमा योजना सार्वजनिक गरेको छ। 

कम्पनीको चुक्ता पूँजी २ अर्ब छ। संस्थापक तर्फ १ अर्ब ७० करोड रुपैयाँ छ भने बाँकी ३० करोड रुपैयाँ सर्वसाधरणका लागि छुट्याएको छ। कम्पनीको कर्पोरेट कार्यालय काठमाडौको ज्ञानेश्वरमा छ। कम्पनीको अध्यक्षमा राजुबाबु शिवाकोटी छन।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved