रिलायबल लाइफ र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता, बैंकका सबै शाखा मार्फत बिमा सेवा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 08, 2017 | 12:37:51 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायवल नेपाल लाइफ इन्स्युरेन्स र जनता बैंकबीच बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी प्रमुख परशुराम कुँवर क्षेत्री र रिलायवल नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी हस्ताक्षर गरेका छन। 

सम्झौता अनुसार ग्राहकहरुले जनता बैंकको पूर्वको ताप्लेजुङ्ग देखि पश्चिमको दार्चुला सम्म फैलिएका ८६ शाखा कार्यालयहरुबाट छिटो, छरितो तथा सहज रुपमा बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन। 

भर्खरै मात्र संचालनमा आएको रिलायबल लाइफले व्यक्ति सुहाउँदो नयाँ जीवन बीमा योजना ल्याउने जनाउदै देशभरि उपस्थिती जनाउने लक्ष्य लिएको छ। सोहि लक्ष्य अनुसार जनता बैंकसँग सम्झौंता गरेको र शाखा संजाल भएका क्षेत्रमा बीमा विस्तार गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले सात प्रकारका बीमा योजना बिक्री गरिरहेको छ। कम्पनीले ल्याएको रिलायबल धनपति बीमा योजना धेरैको चासो बनेको दाबी गरेको छ।कम्पनीले यसअघि मञ्जुश्री फाइनान्ससँग समेत बैंकासुरेन्स सम्झौंता गरेको थियो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved