युनियन लाइफ र एन.बि. इन्स्युरेन्ससँग जनता बैंकले गर्यो बैंकासुरेन्स सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2017 | 11:35:09 AM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैक नेपाल लिमिटेडले आफ्ना निक्षेप तथा कर्जा ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन बीमा सेवा प्रदान गर्ने क्रममा थप दूई बिमा कम्पनी यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एन.बि. इन्स्युरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्बन्धी सम्झौता गरेको छ । 

यसै सन्दर्भमा आज जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत   परशुरामकुँवर क्षेत्री र यूनियन लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत   मनोजकुमार लालकर्णले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस्तै प्रकारको संझौता आजै एन.बि. इन्स्युरेन्स कम्पनी लिमिटेडसँग पनि सम्पन्न भएको छ ।

यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको शाखा कार्यालयहरुबाट छिटो,छरितो तथा सहज रुपमा उक्त कम्पनीहरुको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved