गुराँस लाइफ इन्स्योरेन्सको सीईओमा नारायण कुमार भट्टराई नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 27, 2017 | 10:05:43 AM मा प्रकाशित

laxmi  sunrise bank

 गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा नारायण कुमार भट्टराई नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको १४२ औं बैठकले  भट्टराईलाई  मिति २०७४ साल मङ्सिर ११ गते सोमबार देखि लागु हुने गरि ४ वर्षको लागि नियुक्त गरेको हो ।

काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ४ निवासी श्री नारायण कुमार भट्टराईले पुणे बिश्वबिद्यालयबाट  बीएस्सी तथा मणिपुर बिश्वबिद्यालयबाट एमबीए गरेका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा करिब ९ वर्ष सेवा गरि मिति २०६८ साल मंसीर १ गते गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा सहायक महाप्रबन्धक पदमा नियुक्त  भएका   भट्टराई मिति २०७० साल माघ १ गते देखि नायब महाप्रबन्धक पदमा बढुवा भएका थिए  । कार्यरत अवधिमा कम्पनीको मार्केटिङ्ग विभाग प्रमुख, पुनर्बीमा विभाग प्रमुख को जिम्मेबारी   निर्वाह गरि सकेका भट्टराईले यस अवधिमा धेरै पटक कम्पनीको कायम मुकायम प्रमुख भई कार्य गरि सकेका  छन्  । 

हालै मात्र राष्ट्रिय स्तरको उत्कृष्ट अभिकर्ता तथा अभिकर्ता संयोजक भेलामा आफ्नो लागि, आफ्नो बुढेशकालको लागि तथा आफ्नो सन्ततिको लागि उपयुक्त रहेकोे “ गुराँस सुरक्षित भविष्य जीवन बीमा योजना”सार्वजानिक गरेको तथा कम्पनीले आफ्नो स्थापनाकाल देखि नै विभिन्न किसिमका बीमितहरुको चाहना बमोजिम जीवन बीमा योजना ल्याउँदै नेपाल राज्य भर ७ वटा क्षेत्रीय कार्यालय, २० वटा शाखा कार्यालय, ३६ वटा उपशाखा कार्यालय तथा ३ वटा एक्सटेन्सन कार्यालय मार्फत जीवन सेवा प्रदान गरि रहेको यस कम्पनीले आफनो अभिकर्ता संजाल मार्फत नेपाल राज्यभर बीमा सेवा पुर्याइरहेको छ । यस कम्पनीले नेपाल राज्य भर सस्तो, सुलभ तथा भरपर्दो जीवन बीमा सेवा पुर्याउने तयारी गरेको छ ।

जीवन बीमा क्षेत्रमा लामो अनुभव संगालेका नारायण कुमार भट्टराईको नेतृत्वमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको बीमा क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउँदै अगाडी बढ्ने विश्वास लिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved