सिटिजन लाइफ इन्स्योरेन्सको कान्तिपथमा शाखा विस्तार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 11, 2017 | 07:57:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्सले  काठमाडौंको कान्तिपथमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीको अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेले शाखाको उद्घाटन गरे। 

यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोगी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ। २०७४ साल कात्तिक २ गते लक्ष्मीपूजाको दिन देखि व्यवसायिक कारोबार शुभारम्भ गरेको यस कम्पनीले देशभरी फैलिएका आफ्ना २५ वटा शाखा सञ्जाल मार्फत ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गरिरहेको छ । 

कम्पनीले यस अघिनै ब्राण्ड एम्बेसडरको रुपमा महजोडी लाई अनुबन्धीत गरिसकेको छ ।अधिकृत पुंजी ३ अर्ब र जारी पुंजी २ अर्ब ५० करोड  मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम १ अर्ब ७५ करोड चुक्ता पुंजी रहेको यस कम्पनीले निकट भविष्यमा ७५ करोडको सर्व साधारणको लागी शेयर जारी गरी चुक्ता पुंजी रु.२.५० अर्ब पुर्याउने जनाएको छ । कम्पनीका प्रवद्र्धकहरुमा प्रतिष्ठित उद्योगीहरु, बैंकरहरु तथा व्यवसायिक संस्थाहरु रहेका छन । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved