राजेश हमाल बने ज्योति लाइफको ब्राण्ड एम्बेसडर, २ बर्षसम्म जीवन वीमाको जनचेतना जगाउने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 03, 2018 | 09:14:46 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाइफ इन्स्योरेन्सले नायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ। इन्स्योरेन्स कम्पनीले जीवन वीमाको सचेतना अभिवृद्धी गर्ने उदेश्यले हमाललाई व्यवसायिक सद्भावना दुत नियुक्त गरेको जनाएको छ। 

कम्पनी हमाललाई आगामी २ वर्षको लागि नियुक्त गरेको हो। यस सम्बन्धि सम्झौतापत्रमा कम्पनीका संचालक द्वय नन्द किशोर शर्मा र आकाश गोल्छा सहित व्यवस्थापनका अन्य पदाधिकारीहरुको उपस्थितिमा कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाश विक्रम खत्री र राजेश हमालले हस्ताक्षर गरेका छन। 

सम्झौता अनुसार हमालले आगामि २ वर्ष जीवन वीमा सम्बन्धी सचेतना अभिवृद्धी सम्बन्धी र  कम्पनीको व्यवसाय प्रबर्धन सम्बन्धी विभिन्न कार्यक्रमहरुमा सहभागिता रहनेछन।         

नेपालको १२ औं जीबन बीमा कम्पनीको रुपमा २०७४ आश्विन ८ गतेबाट औपचारिक व्यवसाय शुरुवात गरेको ज्योति लाइफले स्थापनाको छोटो अवधिमा नै देशको विभिन्न भागमा २७ वटा शाखा संजालको स्थापना गरिसकेको छ। 

साथै कम्पनीले घातक रोग लाग्दा उपचारमा आर्थिक सहयोग हुने विशेषता भएका गरि विभिन्न ६ ओटा आकर्षक जीवन वीमा योजना जारी गरेको छ। त्यस्तै कम्पनीले एनएमबि बैंकसंग बैंकासुरेन्स सेवा सम्झौता गर्ने गरिसकेको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved