पोषकराज पौडेल सिटिजन लाइफको प्रमुख कार्यकारी प्रमुख नियुक्त

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 14, 2018 | 04:53:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पोशाक राज पौडेल नियुक्त भएका छन। विमा क्षेत्रमा १५ बर्ष, वित्तीय क्षेत्रमा ६ बर्ष तथा अन्य क्षेत्रको समेत गरि समग्र २८ बर्षको व्यवसायिक अनुभवि पौडेललाई गत हप्ता बिमा समितिबाट आगामी ४ बर्षका लागि नियुक्ति स्वीकृत प्रदान गरिएको हो। 

पौडेल यस अघि अमेरिकन लाइफ इन्स्योरेन्समा बित्त प्रमुखको पदमा रही उच्च व्यवस्थापन समूहमा कार्यरत थिए। पौडेलले त्रिभुवन बिश्वबिद्यालयबाट एमबिए र एससीएस र अमेरिकाबाट एफएलएमआई को अध्ययन गरेका छन। कम्पनीले रचनात्मक तथा आवश्यकता अनूसारको प्रविधी मैत्री नविनतम योजनाहरु संचालनमा ल्याउने लक्ष्य लिएको छ।  

कार्तिक २ देखि व्यवसायिक कारोबार सुरु गरेको सिटिजन लाइफले विभिन्न स्थानमा ३२ वटा कार्यालय मार्फत हालसम्म १२ करोडको कारोबार गरिसकेको छ। 

कम्पनीले ब्राण्ड एम्बेसडरमा मह जोडीलाई नियुक्त गरि विमा सम्बन्धि जनचेताना गराउने उदेश्य लिएको छ। हाल कम्पनिको चुक्ता पुंजी १ अर्ब ७५ करोड छ। कम्पनीले निकट भविष्यमा नै ७५ करोड रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारि गरि चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउने लक्ष्य लिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved