आइएमईए जनरल इन्स्योरेन्सको नयाँ शाखा सुर्खेतमा, थप १२ शाखा खोल्ने तयारि

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 16, 2018 | 06:32:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्सले सुर्खेतमा थप एक शाखा कार्यालयबाट सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक योगेन्द्र राई र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ संयुक्त रुपमा गरे

उद्घाटन अवसरमा राईले देशको विभिन्न भागका जनताहरुलाई घरदैलोमानै सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले शाखा सञ्जाल विस्तार गरेको बताए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यका साथ कम्पनी अगाडी बढी रहेकाले आफनो सम्पत्तीको पूरा मूल्यमा बीमा गराई ढुक्कसंग व्यवसाय संचालन गर्न उपस्थित सबैलाई आग्रह गरे।   

संचालनमा आएको नयाँ शाखा सहित कम्पनीले २८ वटा शाखा, ४ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४२ स्थानबाट बिमा सेवा प्रदान गर्दै आएको छ। निकट भविष्यमा नै थप १२ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्दै आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved