सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा ललितपुरको पुल्चोकमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2018 | 08:28:23 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ललितपुरंको पुल्चोकमा नयाँ शाखा विस्तार गरेकोछ । आईतबार  कम्पनीका अध्यक्ष   प्रदीपजंग पाण्डेले शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यकम्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत   पोषक राज पौडेलले कम्पनीको अवस्था र भावी योजनाको बारेमा जानकारी गराएका थिए  । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

उक्त शाखाको उद्घाटन संगै हाल कम्पनीले अधिराज्यभर ३५ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्रहरु मार्फत अत्याधुनिक प्रविधिद्वारा ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले सबै थरीका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।

कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना गा्रहकवर्गलाइ जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । अधिकृत पुंजी रु. ३.० अर्ब र जारी पुंजी रु.२.५० अर्ब मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु. १.७५ अर्ब चुक्ता पुंजी रहेको यस कम्पनीले निकट भविष्यमा रु.७५ करोडको सर्व साधारणको लागी शेयर जारी गरी चुक्ता पुंजी

रु.२.५० अर्ब पुर्याउने कम्पनीद्धारा जारी प्रेस विज्ञप्तिमा जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved