रिलाइन्स लाईफ इन्स्योरेन्सद्धारा ४ बीमा योजना थप

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 10, 2018 | 10:56:34 AM मा प्रकाशित

laxmi  sunrise bank


रिलाइन्स लाइफ इन्स्योरेन्सले थप ४ बीमा योजना संचालनमा ल्याउने भएको छ । 

३ वटा जीवन बीमा योजना संचालन गरिहेको रिलाइन्स लाइफ इन्स्योरेन्सले कम्पनीले जीवन बीमा व्यवसाय फराकिलो पार्न नेपालभर शाखा तथा उप – शाखा विस्तार पनि गरिहेको छ । कम्पनीले पाटनमा भिन्न खालको शाखा पनि स्थापना गरेको छ । 

कम्पनीले चैत मसान्त भित्र १६ वटा शाखा विस्तार गर्ने र यस आर्थिक वर्षको अन्त्यसम्ममा नियमक निकायको स्विीकृति लिई करिब २५ वटा शाखा खोल्ने लक्ष्य लिएको छ ।

कार्तिक २६ गते बीमा समितिबाट  संचालन अनुमति प्राप्त गरि यही मङ्सिर १ गतेबाट सेवा सुचारु गरेको कम्पनीका अध्यक्षमा ताराचन्द केडिया र संचालकमा पवन कुमार अग्रवाल, भरत कुमार तोडी, पवन कुमार अग्रवाल, र सुन्दर प्रसाद कँडेल रहेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा प्रवीण रमण पराजुली रहेका छन् ।

कम्पनीले ल्याउन लागेका नयाँ बीमा योजना भने शमखा विस्तारसँगै जानकारी गराउने जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved