ज्योतिलाईफद्धारा शाखा विस्तार

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 19, 2018 | 04:25:57 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडाँैको सुकेधारामा शाखा कार्यालय र दोलखाको चरिकोटमा उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ । २०७४ आश्विन ८ गतेबाट देशका विभिन्न १० स्थानबाट सेवा सुरु गरेको यस कम्पनीले  नेपालका ७ वटै प्रदेशमा क्षेत्रिय कार्यालय र त्यस अन्तर्गत शाखा तथा उपशाखा गरी जम्मा ५४ वटा सेवा केन्द्रबाट जीवनबीमा सेवा प्रदान गरिरहेको जनाएको छ । 

अधिकृत पुँजी ३ अर्व, जारी पुँजी २.२० अर्ब मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम १.५४ अर्ब चुक्तापुँजीे यस कम्पनीले ६६ करोडको सर्वसाधारणको लागि शेयर जारी गरी चुक्तापुँजी  २.२० अर्ब पु¥याउने लक्ष्य लिएको छ । कम्पनीले विभिन्न ११ वटा घातक रोगको पहिचान भएको अवस्थामा उपचार खर्च वापत अधिकतम १० लाखसम्म अग्रिम भुक्तानी दिने अतिरिक्त सुविधा सहितको बीमा योजना ल्याएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved