19 Oct, 2018 | २ कार्तिक २०७५ | शुक्रवार




Bizpati Reporter

Follow us on

सानिमा लाईफ इन्स्योरेन्स र माछापुछ्रे बैंकबीच बैक्यास्योरेन्स संझौता

Posted on:May 08, 2018

citizen bank

सानिमा लाईफ इन्स्योरेन्स लि. र माछापुछ्रे बैंक लि. बीच बैक्यास्योरेन्स संझौता भएको छ । मंगलबार इन्स्योरेन्स नायव महाप्रवन्धक केशब राज के.सी  र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार ग्राहकले माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखाबाट सानिमा लाईफ इन्स्योरेन्सको जीवन वीमा सेवा उपभोग गर्न सक्ने छन्  । 

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको अधिकृत पूँजी ३ अर्ब, जारी  पूँजी २ अर्ब र चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको छ । आगामी दिनमा जारी पूँजीको ३०५ अर्थात ६० करोड सर्वसाधारणमा शेयर बिक्री गरी चुक्तापुँजी २ अर्ब कायम गर्ने कम्पनीले जनाएको छ । 


Share your thoughts!

Loading...

Trending